• Wednesday 14th of October 2026
  • ट्रेण्डिङ :

फेरि बढ्यो डण्डीको मूल्य


  • धनकुटा खबर
  • .

बजारमा फेरि डण्डीको मूल्य दुईदेखि तीन रूपैयाँसम्म बढेको छ। उत्पादन नहुँदा डण्डीको मूल्य बढेको हो।

सोमबार बजारमा डण्डी प्रतिकिलो ९७ रूपैयाँदेखि एकसय रूपैयाँसम्म पुगेको नेपाल निर्माण सामग्री व्यापार संघ, काठमाडौंले जानकारी दिएको छ।

संघका अनुसार यसअघि डण्डी बजारमा प्रतिकिलो ९४ रूपैयाँदेखि ९७ रूपैयाँसम्म कारोबार भइरहेको थियो।

सरकारले विद्युतको बक्यौता बाँकी रहेको भन्दै केही उद्योगको लाइन काटिदिएको छ। बिजुली नहुँदा उद्योग बन्द छन्।

सामान उत्पादन नभएपछि मूल्य बढेको हो।

अहिले बजारमा डण्डीको अभाव भएको संघका सल्लाहकार अन्सन शाखले जानकारी दिए।

‘माग बढेको त छैन तर सबै आकारका डण्डी पाउन गाह्रो छ,’ उनले भने।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖