• Wednesday 14th of October 2026
  • ट्रेण्डिङ :

दलहरूले संविधानको धारा २६९ को उल्लंघन गरेको भीम रावलको आरोप


  • धनकुटा खबर
  • .

काठमाडौं । नेकपा एमालेका नेता भीम रावलले नेपालका राजनीतिक दलहरूले फेरि संविधानको धारा २६९ को उल्लङ्घन गरेको आरोप लगाएका छन्।

राष्ट्रियसभामा प्रतिस्पर्धात्मक लोकतन्त्र र जनप्रतिनिधित्वको मूल्य र मान्यता कुल्चेको उनको भनाइ छ।
उनले ट्विटरमा लेखेका छन्, ‘नेपालका राजनीतिक दलहरूले फेरी संविधानको धारा २६९ को उल्लङ्घन गरेका छन्। प्रतिस्पर्धात्मक लोकतन्त्र र जनप्रतिनिधित्वको मूल्य र मान्यता कुल्चेका छन्।’

राष्ट्रिय सभालाई दलीय गुट स्वार्थ साधनाको गोटीमा झार्ने कृत्य जारी राखेका छन्। संविधान लेख्दाका उद्देश्य र अपेक्षामा घात गरिएको छ।

राष्ट्रिय सभालाई दलीय गुट स्वार्थ साधनाको गोटीमा झार्ने कृत्य गरेको भन्दै संविधान लेख्दाका उद्देश्य र अपेक्षामा घात गरिएको टिप्पणी गरेका छन्।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖