काठमाडौं । काठमाडौं महानगरपालिका–१०, बिजुलीबजारमा रहेको चक्रवती कलेजको ‘सेयर’ विवादमा आक्रमण हुँदा सञ्चालकसहित दुईजना घाइते भएका छन् ।
प्रहरी वृत्त बानेश्वरका अनुसार सोमबार राति कलेजको ‘सेयर’को विषयमा बाबु–छोराबीच विवाद भएको थियो । सञ्चालक देवेन्द्र भण्डारीमाथि उनका छोरा समूहले आक्रमण गरेका हुन् ।
घाइते भण्डारीको टाउकोमा चोट लागेको छ । उनको मीनभवनस्थित सिभिल अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । घटनामा काठमाडौंको शंखमुलमा बस्ने २२ वर्षीय सुरज रेग्मी समेत घाइते भएका छन् ।
निरज भण्डारीको जेठी श्रीमतीकी छोरा हुन् । निरजले उक्त कलेजमा आफ्नो पनि आधा सेयर हुनुपर्ने माग राखेका छन् । सो घटनामा प्रहरीले २४ जनालाई नियन्त्रणमा लिएको छ ।
