• Wednesday 14th of October 2026
  • ट्रेण्डिङ :

प्रधानमन्त्रीले बोलाए सत्ता गठबन्धनको बैठक


  • धनकुटा खबर
  • .

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सत्ता गठबन्धनको बैठक बोलाएका छन् ।

बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बेलुका ५ बजेपछि बस्ने गरी बोलाएको गठबन्धनका एक नेताले जानकारी दिए । राष्ट्रिय सभा निर्वाचनमा गठबन्धनका उम्मेदवारले उम्मेदवारी दर्ता गरेपछि सोही विषयमा छलफल गर्न बैठक बोलाएको ती नेताको भनाइ छ ।

गठबन्धनका दलबाट कांग्रेसका १०, माओवादी केन्द्रका ६, एकीकृत समाजवादीका २ र जनता समाजवादीका एक जनाले उम्मेदवारी दर्ता गराएका छन् । राष्ट्रिय सभाका १९ पदका लागि ११ माघमा निर्वाचन हुँदैछ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖