• Wednesday 14th of October 2026
  • ट्रेण्डिङ :

बमजनका अनुयायीलाई सीआईबी कार्यालय नजिकबाट प्रहरीले हटायो


  • धनकुटा खबर
  • .

२५ पुस, काठमाडौं । अनुयायी बेपत्ता पारेको आरोपमा पक्राउ परेका रामबहादुर बम्जनका समर्थकहरु केन्द्रीय अनुसन्धान व्यूरो सीआईबीको कार्यालय नजिक भेला भएका छन् । उनका समर्थकहरु ठूलो संख्यामा रहेकाले प्रहरी पनि उल्लेख्य संख्यामा परिचालन गरिएको छ ।

बमजनलाई भेट्न भन्दै बोधी श्रवण धर्म संघको नेतृत्वमा उनका अनुयायीहरु सीआईबी कार्यालयमा पुगेका छन् । प्रहरीले बमजनका अनुयायीहरुलाई सीआईबी आसपासबाट हटाएको छ ।

बमजनका समर्थकहरु सीआईबी कार्यालयमा भेला भएर भीडभाड भएपछि प्रहरीले रोकेको जनाएको छ । अत्यधिक भीडभाड भएपछि उनीहरुलाई प्रहरीले नजिकै रहेको कान्ति साँस्कृतिक केन्द्रको खाली ठाउँमा पठाएको छ ।

सो स्थानमा प्रहरी वृत्त प्रहरी महाराजगञ्जको टोली पनि परिचालित छ । प्रहरीहरु पनि उल्लेख्य संख्यामा परिचालित छन् ।सीआईबीका प्रवक्ता एसपी नवराज अधिकारीले बमजनका अनुयायीहरुलाई सीआईबी कार्यालय आसपासबाट हटाइएको बताए । उनको बारेमा सीआईबीले पत्रकार सम्मेलन गरेर विस्तृतमा जानकारी दिने बताए ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖