• Wednesday 14th of October 2026
  • ट्रेण्डिङ :

चार वर्षदेखि फरार ‘तपस्वी’ बम्जनले भने, ‘जंगलमा थिएँ’..


  • धनकुटा खबर
  • .

काठमाडौँ । चार वर्षको खोजीपछि प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले ‘तपस्वी’ रामबहादुर बम्जनलाई मंगलबार पक्राउ गर्‍यो। जिल्ला प्रहरी कार्यालय सर्लाहीले २०७६ माघ २४ मा बम्जनलाई पक्राउ गर्न ७७ वटै जिल्ला प्रहरी कार्यालयमा पत्राचार गरेको थियो । तर, बम्जन प्रहरीलाई छक्क्याएर लुक्न सफल हुँदै आएका थिए ।

मंगलबार बुढानीलकण्ठ स्थित हात्तीगौँडाबाट पक्राउ गरेपछि प्रहरीले उनलाई सोधेको छ, ‘कहाँ बस्नुभएको थियो ?’ चार वर्षदेखि फरार बम्जनले प्रहरी अधिकृहरुसँग भनेका छन्,‘जंगलमा थिएँ ।’

१५ दिनअघि काठमाडौँ आएका बम्जन पाँच दिनअघि परिवार भेट्न भनेर हात्तीगौँडा गएका थिए। प्रहरीसँगको बयानमा उनले भारतस्थित सिक्कीमको जंगल, रामेछाप, मकवानपुर र सिन्धुलीको जंगलमा बसेको अनुसन्धान अधिकृतहरूलाई बताएका छन् । अनुसन्धानमा संलग्न एक जना अधिकृतले भने, ‘४ वर्षदेखि नेपाल र भारतको जंगलमा लुकेर बसेको उहाँले बताउनुभएको छ ।’

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖