• Thursday 15th of October 2026
  • ट्रेण्डिङ :

सन्दीपको फैसला छिट्टै उल्टने ग्रहयोग छ


  • धनकुटा खबर
  • .

जिल्ला अदालत काठमाडौंले क्रिकेटर सन्दीप लामिछानेलाई बलात्कार मुद्दामा ८ वर्ष कैदको फैसला सुनाएको छ। यसअघि नै दोषि ठहर गरिसकेको अदालतले बुधबार सजाय निर्धारण गर्दै ८ वर्ष कैद, ३ लाख रुपैयाँ जरिवाना र २ लाख रुपैयाँ जाहेरवाला किशोरीलाई क्षतिपूर्ति दिनु पर्ने फैसला गरेको हो।

फैसला सुनाएपनि सन्दीपले तत्काल जेल जानु पर्दैन। फैसलाको पूर्ण पाठ आउन केही महिना लाग्न सक्छ। त्यसपछि पनि सन्दीपले ७० दिन पुर्नरावेदन गर्ने म्याद पाउँछन्। यदि त्यो समयमा नभ्याए अर्को ३० दिन म्याद थाम्न पाइन्छ।

सय दिनभित्रमा उच्च अदालतमा उनले जिल्ला अदालतको फैसला बदर गरी सफाई माग गर्ने तयारीमा छन्। उनले पुर्नरावेदनसँगै आफूलाई जेलबाहिरै रहेर पुर्नरावेदनको सुनुवाइ गर्न माग पनि गर्न सक्छन्। उच्च अदालतले उनलाई बाहिरै रहेर पुर्नरावेदनमा सुनुवाइ गर्ने अनुमति दिएमा सन्दीप जेल जानु पर्ने छैन।

तर ज्योतिषले भने सन्दीप लामिछानेलाई ८ वर्ष कैदको फैसला छिट्टै उल्टिने बताएका छन्।

दक्षिण एसियाली ज्योतिष महासंघ राष्ट्रिय समिति नेपालका महासचिब सुरेस चन्द्र रिजालले सामाजिक सञ्जालमार्फत फैसला चाँडै उल्टिने बताएका हुन्।

उनले लेखेका छन्, ‘वक्रदृष्टी खण्डित ग्रहयोगमा आठ वर्ष कैद सजाय १छिट्टै फैसला उल्टने संकेत । जबर्जस्ती करणी कसुरमा दोषी ठहर भएका क्रिकेटर सन्दीप लामिछानेलाई काठमाडौं जिल्ला अदालतले आठ वर्ष कैद सजाय तोकेको समय नै खण्डित वक्रदृष्टी ग्रहयोगमा परेकाले जिल्ला अदालतको फैसला छिट्टै उल्टने ग्रहयोग परेको छ।’

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖