• Wednesday 14th of October 2026
  • ट्रेण्डिङ :

बम्जनलाई आज सर्लाही जिल्ला अदालतमा उपस्थित गराइँदै, दुई वटा मुद्दा चलाउने तयारी


  • धनकुटा खबर
  • .

काठमाडौं, पुस २६ । काठमाडौंबाट पक्राउ परेका कथित ‘तपस्वी’ रामबहादुर बम्जनलाई आज सर्लाही जिल्ला अदालतमा उपस्थित गराइँदै छ । हत्या, बलात्कार र बेपत्ता आरोपमा पक्राउ परेका बम्जनलाई बुधबार मध्यरातमा सर्लाही सदरमुकाम मलङ्गवा पुर्याईएको छ।

जिल्ला प्रहरी कार्यालय सर्लाहीले युवती बेपत्ता पारेको र यौन शोषण गरेको आरोपमा दुई वटा छुट्टाछुट्टै मुद्दा चलाउने तयारी गरेको छ । हाल जिल्ला प्रहरी कार्यालय मलङ्गवामा राखिएका बम्जनलाई अदालत खुलेपछि जिल्ला अदालत सर्लाहीमा पेश गर्ने तयारी छ ।

बम्जनमाथि २०७५ पुस १८ मा सर्लाहीको साविक कर्मैया गाविस वडा नम्बर–२ र हाल बागमती नगरपालिका–१२ की २८ वर्षीया रीता बोटेलाई बाराको हलखोरिया बनबाट गायब पारेको आरोपमा सर्लाही प्रहरीले अनुसन्धान गरी मिसिल बारा जिल्ला अदालतमा पठाइसकेको छ। घटना बारामा भएकाले यस मुद्दामा बम्जनलाई बारा जिल्ला अदालतमा पनि पेश गरिने छ।

२०७६ माघ २३ मा सर्लाहीको पत्थरकोटस्थित जंगलमा १४ वर्षीय बालिकामाथि यौन सन्तुष्टि प्राप्त गर्ने र यौन शोषण गर्ने गरेको निवेदन प्रहरी कार्यालय सर्लाहीमा उजुरी परेको थियो।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो (सिआइबी) ले पक्राउ गरेका बम्जन २०७१ साउनदेखि प्रहरीको फरार सूचीमा थिए । बुढानीलकण्ठबाट पक्राउ परेका बम्जनको घरबाट प्रहरीले १७ देशको मुद्रासहित ठूलोमात्रामा रकम बरामद गरेको छ। तीन करोड तीन लाख ७५ हजार पाँच सय नेपाली रुपैयाँ र १७ देशका मुद्रा बुधबारका नेपाली विनिमय दर अनुसार ३० लाख ९२ हजार चार सय ६ रुयैयाँ बरामद गरेको सिआईबीले जनाएको छ ।

सिआईबीले बम्जनको घरबाट मोटरसाइकलको क्लुबुक ३ थान, टोयटा हाइलक्स गाडीको चाबी १ थान, विभिन्न ब्राण्डका पेनड्राइभ २० थान, सोनी लेखिएको भ्वाइस रेकर्डर १ थान, विभिन्न ब्राण्डका मेमोरीकार्ड २ थान, ल्यापटप २ थान, विभिन्न ब्राण्डका मोबाईल १४ थान र ५ थान आई–प्याड र ट्याबहरु बरामद गरेको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖