• Thursday 15th of October 2026
  • ट्रेण्डिङ :

राप्रपाबाट अलग भएको कोशीका सभामुख विष्टको घोषणा


  • धनकुटा खबर
  • .

काठमाडौं,२६ पुस । कोशी प्रदेशका नवनिर्वाचित सभामुख अम्बरबहादुर विष्टले पार्टीबाट अलग भएको घोषणा गरेका छन् ।

मंगलबार बसेको प्रदेश सभाको बैठकबाट सर्वसम्मतरुपमा सभामुख निर्वाचित भएका विष्टले पार्टीलाई आज एक पत्र लेख्दै जिम्मेवारीमा रहुञ्जेलसम्म पार्टीको सबै गतिविधिबाट अलग भएको घोषणा गरेका हुन् ।

‘म झापा गौराहद–७ निवासी अम्बर बहादुर विष्ट राप्रपाको स्थापनाकालदेखि नै सदस्य भई हाल पार्टीको केन्द्रीय सदस्यको रूपमा रहिरहेको अवस्थामा पार्टीले कोशी प्रदेश सभाको सदस्यको रूपमा निर्वाचित गराएकोमा हार्दिक आभार व्यक्त गर्दछु ।

मिति २०८०।०९।२४ गते कोशी प्रदेश सभाले मलाई सभामुखको रूपमा निर्वाचित गराएकोले पदीय मर्यादा कायम राख्दै सो पदमा रहुन्जेल पार्टीको कुनै पनि पदमा बस्न नमिल्ने भएकोले पार्टीको सबै पदीय जिम्मेवारीबाट अलग रहेको ब्यहोरा निवेदन गर्दछु’, उनले पार्टी केन्द्रीय कार्यालयलाई पठाएको पत्रमा भनिएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖