• Thursday 15th of October 2026
  • ट्रेण्डिङ :

बम्जनलाई पुर्पक्षका लागि थुनामा पठाउन अदालतको आदेश


  • धनकुटा खबर
  • .

काठमाडौं,२६ पुस । बलात्कार आरोप लागेका ‘तपस्वी’रामबहादुर बमजनलाई जिल्ला अदालत सर्लाहीले पुर्पक्षको लागि थुनामा पठाउन आदेश दिएको छ।

बिहीबार सर्लाही जिल्ला अदालतका न्यायाधीश विष्णुप्रसाद रेग्मीको इजलासमा भएको बसहमा बम्जनलाई पुर्पक्षका लागी थुनामा पठाउने आदेश भएको हो ।

बम्जनले आफ्नै आश्रममा बस्ने आनीलाई बलात्कार गरेको आरोप छ । बलात्कृत भएपछि २०७५ मा आनीले आश्रम छाडेर बम्जनबिरुद्ध प्रहरीमा उजुरी गरेकी हुन् । २०७६ माघमा सर्लाही प्रहरीले आनीलाई बाल यौन दुव्र्यवहार गरेको मुद्दा दर्ता गरेर बम्जनबारे अनुसन्धान थालेको थियो ।

बम्जन बुधबार काठमाडौंबाट पक्राउ परेका थिए । उनलाई बुधबार नै जहाजबाट सर्लाही लैजाने तयारी गरे पनि टिकट पाइएको थिएन। उनलाई गाडीबाट सर्लाही लगिएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖