• Thursday 15th of October 2026
  • ट्रेण्डिङ :

अध्यक्ष पदमा रेशम-रञ्जिताबीच मिलेन कुरा, निर्वाचन प्रक्रिया सुरु


  • धनकुटा खबर
  • .

काठमाडौं,२७ पुस । बिहीबारबाट कैलालीको टीकापुरमा सुरु भएको सत्तारुढ दल नागरिक उन्मुक्ति पार्टी (नाउपा)को निर्वाचन प्रक्रिया सुरु भएको छ ।

सर्वसम्मत नेतृत्व चयन गर्ने प्रयासलाई जारी नै राखेर निर्वाचन प्रक्रिया सुरु भएको हो । पार्टीको आगामी नेतृत्वका लागि हालकी अध्यक्ष तथा संसघीय सरकारकी भूमि व्यवस्था तथा सहकारी गरिबि निवारणमन्त्री रञ्जिता श्रेष्ठ चौधरी र पार्टीका संरक्षकसमेत रहेका पूर्व सांसद रेशमलाल चौधरीले दाबी गरिरहेका छन् ।

पार्टीको नेतृत्वमा दाबी गरिरहेका रेशम -रञ्जिता श्रीमान-श्रीमती हुन् । २०७२ को भदौमा भएको नरसंहारकारी टीकापुर घटनामा मुछिएका रेशमको मुद्दा हालपनि सर्वोच्चमा विचाराधीन रहेको छ । तीनै तहका अदालतबाट जन्मकैदको सजाय पाएका रेशम गणतन्त्र दिवसको अवसरमा राष्ट्रपतिबाट आममाफी पाएर छुटेका थिए ।

रेशमको माुद्दा अदालतमा विचाराधीन रहेको कारण पुनः एक कार्यकाल पार्टीको नेतृत्व आफूले गर्नुपर्ने रञ्जिताको दाबी रहेको छ भने निर्वाचन आयोग र कानूनविद् सँग परामर्श गरेर नै अगाडि बढेको भन्दै रेशमले पनि आफ्नो दाबी कायमै राखेका छन् ।

जारी अधिवेशनमा ५२ जिल्लाका ८ हजार भन्दा धेरै प्रतिनिधि सहभागी भएका छन् । ३९ पदाधिकारीसहित २४१ जना केन्द्रीय कमिटी गठन गर्ने नाउपाको तयारी रहेको छ । नाउपाले मनोनीत केन्द्रीय सदस्यसमेत गरेर कूल ५०१ जनाको केन्द्रीय कार्यसमिति बनाउने तयारी गरेको छ ।

रेशम रञ्जिता दुवैले अध्यक्षमा दाबी गर्दा सहमति हुन नसकेपछि बिहीबार रातीबाट सुरु भएको निर्वाचन प्रक्रियाअन्तर्गत आज बिहान १० बजेसम्म मतदाता नामावली सार्वजनिक गरिने, ११ बजे दावी विरोधको उजूरी दिने प्रकाशित नामावलीमा नाम समावेश हुन छुट भएका व्यक्तिले आफ्नो नाम दाबी गर्नको लागि दरखास्त दिने, नाम समावेश भएको व्यक्तिले आफ्नो नाम,थर,उमेर,पद आदि सच्याउन दरखास्त दिने तथा प्रकाशित नामावलीमा उल्लेख भएका मतदाताको विरोधमा उजुरी दिने समय निर्धारण गरिएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖