• Thursday 15th of October 2026
  • ट्रेण्डिङ :

मेलम्चीको सुरुङबाट पानी पठाउन थालियो


  • धनकुटा खबर
  • .

काठमाडौं । मेलम्ची खानेपानी आयोजनाले सिन्धुपाल्चोक अम्बाथानस्थित हेडवर्क्सबाट सुरुङमा पानी पठाउन थालेको छ ।

अहिले टनेल सफा गर्ने प्रयोजनका लागि बाँध रहेको स्थलबाट सुरुङमा पानी पठाइएको मेलम्ची खानेपानी आयोजनाका प्रवक्ता राजेन्द्र पन्तले जानकारी दिए ।

उनका अनुसार सुरुङ सफा गरिएको धमिलो पानी अम्बाथान, ग्याल्थुम र सुन्दरीजलमा रहेका अडिट टनेलबाट निकालिनेछ । सुरूङमा पठाएको पानी धमिलो हुन छाडेपछि पूर्ण रुपमा काठमाडौंका लागि पानी पठाइने उनले बताए ।

तर कति दिनमा सुरुङ सफा हुन्छ र कहिलेदेखि नियमित रुपमा पानी पठाइउन सकिन्छ भनेर अहिले नै भन्न नसकिने उनले बताए ।

मेलम्ची नदीको माथिल्लो क्षेत्रमा भएको वर्षापछि लेदो सहितको बाढी आएकाले गत असारमा सुरुङ बन्द गरिएको थियो ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖