• Thursday 15th of October 2026
  • ट्रेण्डिङ :

पृथ्वी जयन्तीमा राप्रपाको जलपान, प्रधानमन्त्रीसहित शीर्ष नेताहरू उपस्थित


  • धनकुटा खबर
  • .

काठमाडौँ, २७ पुस । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले ३०२औँ पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा आज चियापान कार्यक्रमको आयोजना गरेको छ । कार्यक्रममा पार्टी अध्यक्ष राजेन्द्र लिङदेनसहितका पार्टी पदाधिकारीले आमन्त्रित पाहुनालाई स्वागत अभिवादन गरेका छन् ।

कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, पूर्व प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, सभामुख देवराज घिमिरे, उपसभामुख इन्दिरा राना, रास्वपाका सभापति रावि लामिछाने, मन्त्रिहरु, मन्त्रिपरिषद्का पूर्वध्यक्ष, विभिन्न राजनीति दलका नेता तथा कार्यकर्ता, पूर्वप्रशासक,पूर्वसुरक्षाकर्मी,उद्योगी,व्यपारी, नेपालस्थित विभिन्न कूटनीतिक नियोगका प्रमुख एवं प्रतिनिधि तथा समाजका विभिन्न क्षेत्रका व्यक्ति र सर्वसाधारणको उपस्थिति थियो ।

राप्रपाले पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा प्रत्येक वर्ष पुस २७ गते चियापान कार्यक्रम गर्दै आएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖