• Thursday 15th of October 2026
  • ट्रेण्डिङ :

राप्ति बस दुर्घटना अपडेट: घाइते २३ जनाको पहिचान खुल्यो


  • धनकुटा खबर
  • .

राप्ती नदीमा शुक्रबार राती खसेको बसमा १२ जना मृत्यु हुनुका साथै २३ जना घाइते भएका छन् ।

घाइते हुनेहरुमा सल्यान त्रिवेणी गाउँपालिका–४ बस्ने २८ वर्षीय चालक लालबहादुर नेपाली र सहचालक बाँके राप्तीसोनारीका–२ का ३१ वर्षीय कुलबहादुर गोसाई रहेका छन्।

यसैगरी काठमाडौंका ४५ वर्षीय सुवास कार्की, बाँके नेपालगञ्जका ३५ वर्षीया लिला वली, रौतहटका २६ वर्षीय सञ्जय कार्की, बर्दियाका राजिव थारु, बाँके नेपालगञ्जका १८ वर्षीइ दशरथ विक, बाँकेकै १९ वर्षीय नकुस खान, डोल्पाकी ३५ वर्षीया धनकली बुढा मध्यम, काठमाडौं कालिमाटीकी ३८ वर्षीया मञ्जु शर्मा, काठमाडौंकी २३ वर्षीया सञ्जु बडुवाल, बाँके नेपालगञ्जका २० वर्षीय अर्वाज नाउ, बाँके नेपालगञ्जका २५ वर्षीय मोमम्मद जावेज मध्यम घाइते भएका छन्।

यसैगरी भारतका २० वर्षीया छोथी सिलौटा गम्भिर घाइते भएकी छन्। काठमाडौंकी राधा पाण्डे पनि गम्भिर घाइते भई थप उपचारका लागि बुटवल ल्याइएको छ। उनकी ११ वर्षीया छोरी आज्ञा पाण्डे भने सामान्य घाइते भएकी छन् ।

सामान्य घाइते हुनेहरुमा बाँके बैधापुरका २१ वर्षीय शंकर थारु, ३० वर्षीय भारतीय नागरिक रावलकुमार अहिर, कोहलपुरका २१ वर्षीय धनबहादुर पुन मगर, जुम्लाका १९ वर्षीइ विशाल बोहोरा र बाँकेका २० वर्षीय निरञ्जन कोरी रहेका छन्। यस्तै बाँके नेपालगञ्जका २४ वर्षीय आशुतोस गौतमले गाडीबाट हामफालेर ज्यान बचाउन सफल भएका थिए।

घाइतेहरुको नाम
१.काठमाडौं बस्ने बर्ष ११ को अब्या पाण्डे , बाँया हातमा चोट
२.काठमाडौं कालीमाटी बस्ने मन्जु शर्मा, बर्ष ३८, आँखामा चोट, मध्यम
३.बाँके, निरञ्जन कोरी, बर्ष २०, बाँयाँ हात र ओठमा सामान्य चोट
४. बाँकेको नेपालगञ्ज बस्ने बर्ष २४ को आशतोष गौतम बाँया हातमा चोट, हाम फालेर बाँच्न सफल
५.रौतहट बस्ने २६ बर्षीय संजय कार्की, निधारमा र आँखामा चोट
६.बाँकेको कोहलपुर बस्ने बर्ष २१ को धनबहादुर पुन मगर, खुट्टा, हात र कम्मरमा चोट
७.भारत बस्ने २० बर्षीय छोटी सिलौटा, सिरियस
८.बर्दियाका २२ बर्षीय राजीव थारु, आन्तरिक रक्त अल्पता, बाँया हातमा चोट
९.जुम्लाका १९ बर्षीय विशाल बोहरा, मुखमा चोट
१०. बाँकेका १८ बर्षीय दशरथ विक, हात,खुट्टा र निधारमा चोट
११.बाँकेका १९ बर्षीय नफिज खान, ढाड र कोखामा चोट
१२.डोल्पाका ३५ बर्षीया धनकली बुढा, मुखमा चोट
१३.बाँके राप्ती सोनारी गापा २ का ३१ बर्षीय कुलबहादुर गोसाई, सहचालक, ढाडमा चोट, गम्भीर
१४. समिर नेपाली, चालक
१५. काठमाडौं चखेवा बस्ने ४५ बर्षीय सुवास कार्की, ढाडमा चोट
१६.बाँकेको नेपालगञ्ज बस्ने ३५ बर्षीया लिला वली, खुट्टामा चोट
१७.बाँकेको नेपालगञ्ज बस्ने ६० बर्षीया कुसुम बस्नेत, ढाडमा चोक, मध्यम
१८. बाँके बैजापुर बस्ने २१ बर्षीय शंकर थारु, खलासी, दाहिने हातमा चोट
१९. भारत बस्ने बर्ष २३ का राहुल कुमार अहीर, दाहिने हात भाच्चिएको

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖