• Thursday 15th of October 2026
  • ट्रेण्डिङ :

श्रीमतीको हत्या गरी फरार लिम्बु पक्राउ


  • धनकुटा खबर
  • .

फिदिम : श्रीमतीको हत्या गरी सासू र छिमेकी दुई जनालाई खुकुरी प्रहार गरी घाइते बनाएर बेपत्ता भएका एक व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

मिक्लाजुङ ३ स्थित माइती घरमा रहेकी श्रीमती गोमा फियाकलाई हत्या गरी सासू कान्छिमाया र छिमेकी महेन्द्र श्रेष्ठलाई खुकुरी प्रहार गरेर फरार रहेका तुम्वेवा ४ निवासी असफल कुरुम्वाङलाई प्रहरीले बिहीबार पक्राउ गरेको पाँचथरका प्रहरी निरीक्षक दिवस कुँवरले जानकारी दिए । कुरुम्वाङले पुस २६ गते साँझ ८ बजे घरायसी विवादमा मिक्लाजुङ गाउँपालिका ३ आरुबोटेकी स्थित माइती घरमा रहेकी ३५ वर्षीया श्रीमती गोमा फियाकको खुकुरी प्रहार गरी हत्यासँगै छिमेकी महेन्द्र श्रेष्ठ र सासू आमा कान्छिमाया फियाकलाई घाइते बनाएर बेपत्ता भएका थिए ।

घाइतेको झापा स्थित बि.एन्ड अस्पताल झापामा उपचार हुँदै छ । कुरुम्वाङ दम्पती बिच पहिल्यैदेखि मेलमिलाप नभएको बताइएको छ । विवाद मिलाउन बसेका बखत खुकुरी प्रहार भएको थियो ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖