• Thursday 15th of October 2026
  • ट्रेण्डिङ :

एसएसपी कार्कीलाई नेपाल प्रहरीको प्रवक्ताको जिम्मेवारी


  • धनकुटा खबर
  • .

काठमाडौं । नेपाल प्रहरीको निमित्त केन्द्रीय प्रहरी प्रवक्ता तथा सूचना अधिकारीको जिम्मेवारी प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)दानबहादुर कार्कीलाई दिइएको छ।

नेपाल प्रहरी प्रधान कार्यालय प्रहरी महानिरक्षिकको सचिवालयमा कार्यरत एसएसपी कार्कीलाई निमित्त केन्द्रीय प्रहरी प्रवक्ताको जिम्मेवारी तोकिएको हो।

नेपाल प्रहरीद्वारा सम्पादित जनसरोकारका काम कारवाहीलाई सञ्चार माध्यमहरूमा सम्प्रेषण गर्नका लागि एसएसपी कार्कीलाई केन्द्रीय प्रहरी प्रवक्ताको जिम्मेवारी दिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

यसअघि प्रवक्ताको जिम्मेवारीमा रहेका डीआईजी कुवेर कडायतको लुम्बिनी प्रदेशमा सरुवा भएसँगै प्रवक्ताको जिम्मेवारी कार्कीले पाएका हुन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖