• Thursday 15th of October 2026
  • ट्रेण्डिङ :

सत्ता गठबन्धनमा दरार, ७ दलको संयुक्त अपीलमा सिके राउतले गरेनन् हस्ताक्षर


  • धनकुटा खबर
  • .

काठमाडौं,२९ पुस । आसन्न राष्ट्रिय सभा निर्वाचनलाई लिएर सत्तारुढ दलभित्र खटपट सुरु भएको छ । माघ गते हुन लागेको १९ सिटको निर्वाचनमा सत्तारुढ सात दलले आइतबार संयुक्त अपील जारी गरेका थिए ।

७ दलको संयुक्त अपीलमा सत्ताको एक घटक दल जनमत पार्टीले भने हस्ताक्षर गरेको छैन् । गठबन्धनका उम्मेदवारलाई जिताउन कांग्रेस, माओवादी केन्द्र, नेकपा एस, जसपा, लोसपा नाउपा र जनमोर्चासमेतको साझा अपील निकालिरहँदा जनमत पार्टी भने असन्तुष्ट देखिएको हो । अपीलमा उनको हस्ताक्षर छैन ।

जनमत पार्टीले आसन्न निर्वाचनमा गठबन्धनसँग एक सिट माग गरेको थियो तर, गठबन्धनका अन्य दललाई नै भाग नपुगेपछि जनमतले सिट पाएन् । गठबन्धनमा भागबन्डा नगरेपछि लुम्बिनी प्रदेशको अन्य क्लस्टरमा बालगोविन्द चौधरी र मधेस प्रदेशको अन्य क्लस्टरमा रामशंकर महासेठलाई उम्मेदवार बनाइएको छ

जनमतले मधेश र लुम्बिनीबाहेक अन्य प्रदेशमा आफ्ना उम्मेदवार उठाएको छैन् । अन्य प्रदेशमा जनमतको प्रतिनिधित्व नगन्य रहेको कारण उसले उम्मेदवार नउठाएको हो ।

सत्ता गठबन्धनभित्र नेपाली कांग्रेसले १०, नेकपा (माओवादी केन्द्र) ले ६, नेकपा (एकीकृत समाजवादी) ले २, जनता समाजवादी पार्टीले १ सिट भागबन्डा गरेर उम्मेदवार उठाएका छन्।

आफूहरू राष्ट्रिय पार्टी भए पनि एक सिट पनि नदिइएको भन्दै जनमत सत्ता गठबन्धनका अन्य दलसँग असन्तुष्ट छ। माघ ११ गते हुने राष्ट्रिय सभा चुनावका लागि आठ दलबाट ५२ जना उम्मेदवार छन्।

त्यसो त जनमत पार्टी प्रचण्ड नेतृत्वको सरकारमा सुरु देखिनै सामेल तर, असन्तुष्ट रहेको दल हो । जनमतबाट पहिलो चरणमा उपाध्यक्ष अब्दुल खान खानेपानीमन्त्री बनेका थिए । तर मन्त्रालयमा चित्त नबुझेपछि २ महिनामा नै जानमतले आफ्ना मन्त्री फिर्ता बोलाएको थियो । हाल भने जनमतबाट सचिव अनितादेवि सा संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री रहेकी छन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖