• Thursday 15th of October 2026
  • ट्रेण्डिङ :

झारफुकको बहानामा १३ वर्षीया बालिकामाथि बलात्कार..


  • धनकुटा खबर
  • .

वीरगञ्ज । बारामा झारफुकको बहानामा १३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । प्रहरीले महागढीमाई नगरपालिका वार्ड नम्बर –२ बस्ने ३० वर्षीय आकाश मण्डललाई जबरजस्ती करणी गरेको आरोपमा पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय, बारामा परेको उजुरीको आधारमा मण्डललाई शनिबार पक्राउ गरिएको बाराका प्रहरी प्रवक्ता एवम् डिएसपी दधिराम न्यौपानेले जानकारी दिए । प्रहरीका अनुसार बालिका मण्डककहाँ झारफुक गराउन आएको बेला उनले जबरजस्ती करणी गरेका थिए । पक्राउ परेका मण्डललाई प्रहरी हिरासतमा राखी थप अनुसन्धान अघि बढाइएको न्यौपानेले बताए ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖