• Thursday 15th of October 2026
  • ट्रेण्डिङ :

मुर्रा राँगा ल्याएका प्रचण्डले जलविद्युत् भारतलाई सुम्पिए : शंकर पोखरेल


  • धनकुटा खबर
  • .

काठमाडौं,२९ पुस । नेकपा एमालेका महासचिव शंकर पोखरेलले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकार कामै नलाग्ने अवस्थामा पुगेको आरोप लगाएका छन् ।

आइतबार प्रेस चौतारी नेपाल दाङले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै महासचिव पोखरेलले देशको स्वतन्त्रता, स्वाभिमान, सामाजिक न्याय, विकास र राष्ट्रिय हितको लागि काम गर्ने राष्ट्रिय शक्ति आज आवश्यक रहेको बताए । नेकपा एमाले यी काम गर्न सक्ने पार्टी भएकोले एमालेलाई राष्ट्रिय शक्तिको रूपमा स्थापित गर्नुपर्नेमा पोखरेलले जोड दिएका छन् ।

महासचिव पोखरेलले प्रधानमन्त्री पुष्पकम दाहाल प्रचण्ड विदेश जाँदा मुलुकको हितका निम्ति के काम गर्छन् भन्दा पनि के गुमाउने हो भन्ने चिन्ताको स्थिति रहेको दाबी गरेका छन् । जताको सरकार प्रति यति ठुलो अविश्वास बढ्नु दुखद कुरा भएको पोखरेलले बताए।

विकास निर्माणका हिसाबले यति अयोग्य सरकार नेपालको इतिहासमा नै नरहेको उनले बताए। निर्माण व्यवसायीले गरेको कामको पैसासमेत नपाउने स्थिति रहेको पोखरेलले सुनाए। सरकारको गलत नीतिको कारण यस्तो अवस्था आएको पोखरेलको भनाइ छ।

भारत भ्रमणमा जाँदा मुर्रा राँगा लिएर आएका प्रधानमन्त्री पुष्पकमल दाहालले नेपालका कम लागतमा बन्ने विद्युत् आयोजना भारतलाई उपहार दिएको महासचिव पोखरेलले बताए ।

नेपालीकै लागतमा बनाउनु पर्ने विद्युत् आयोजना भरतलाई दिएर प्रधानमन्त्रीले राष्ट्रघाती काम गरेको उनको भनाइ छ।

भारतीय दूतावासले नै २० करोडसम्मका योजना सञ्चालन गर्ने सम्झौता अर्को राष्ट्रविरोधी सम्झौता भएको उनले प्रष्ट पारे।

पोखरेलले राजतन्त्रको पुनर्स्थापना पनि यी चुनौतीको समाधान नभएको प्रष्ट पारे । मरिसकेको राजतन्त्रले नेपाल र नेपालीका चुनौती समाधान गर्न सक्छ भन्ने भ्रममा नपर्न उनले आग्रह गरे ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖