• Thursday 15th of October 2026
  • ट्रेण्डिङ :

जलहरी प्रकरणमा मुछिएका निलम्बित सदस्य सचिव थापासँग अदालतले माग्यो ३ लाख धरौटी


  • धनकुटा खबर
  • .

काठमाडौं,२ माघ । विशेष अदालतले पशुपति क्षेत्र विकास कोषका निलम्बित सदस्य सचिव मिलनकुमार थापासँग ३ लाख धरौटी माग गरेको छ ।

विशेष अदालतका सदस्यहरु डा. खुसीप्रसाद थारु र रामबहादुर थापाको इजलासले डेढ किलो सुन हिनामिना गरेको आरोप लागेका तत्कालिन कोषाध्यक्ष समेत रहेका मिलन थापासँग ३ लाख रुपैयाँ धरौटी मागेको हो ।

अख्तियारले पशुपतिनाथ मन्दिरमा जलहरी राख्दा भ्रष्टाचार भएको भनी कोषका सदस्य सचिव थापा सहित अघिल्ला सदस्य सचिव डा प्रदिप ढकाल र विशेष नाइके अरुण श्रेष्ठ विरुद्ध १ करोड १७ लाख रुपैयाँ विगो मागदाबी गरी विशेष अदालतमा मुद्दा चलाएको थियो ।

पशुपतिनाथको जलहरीमा सुन हिनामिना भएकोबारे महालेखा परीक्षकको कार्यालयले प्रश्न उठाएको थियो। उक्त विषयलाई लिएर संसदमा छानबिन हुनुपर्ने माग उठेको थियो। त्यसपछि अख्तियार दुरूपयोग अनुसन्धान आयोगले जलहरी झिकेर सुन तौलेको थियो।

सुनको जलहरी बनाउने जस्तो संवेदनशील विषयमा सम्बन्धित आधिकारिक ज्ञान भएको विज्ञ व्यक्तिसँग जलहरी निर्माणको कार्य अगाडि बढाउनुपर्नेमा उनीहरूले सो नगरेको अख्तियारको ठहर छ।

सुनसम्बन्धी काम गर्नसक्ने सम्बन्धित निकायबाट इजाजत नलिइएको,अनाधिकृत व्यक्तिमार्फत् कालिगढको रुपमा काम लगाइ सुनको जलहरी निर्माण कार्यलाई अगाडि बढाइएको अख्तियारको अनुसन्धानबाट खुलेको छ।

उनीहरूले जलहरी निर्माणका क्रममा १४९१.७१८ ग्राम सुन हिनामिना गरेको र सो सुनको नेपाल राष्ट्र बैंकसँग किनेको मूल्यमा पर्न आउने मूल्य १ करोड १७ लाख १ हजार ७८१ रुपैयाँ विगो मागदाबी गरी विशेष अदालतमा मुद्दा चलाएको थियो ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖