• Thursday 15th of October 2026
  • ट्रेण्डिङ :

इपिएस परीक्षा तोकेकै समयमा हुने, यस्तो छ तयारी


  • धनकुटा खबर
  • .

काठमाडौं, माघ ३ । दक्षिण कोरियामा उत्पादनमूलक क्षेत्रको रोजगारीका लागि लिइने रोजगार अनुमति प्रणाली (इपिएस) भाषा परीक्षा यसअघि तोकेकै समयमा हुने जनाइएको छ ।

वैदेशिक रोजगार विभाग अन्तर्गतको इपिएस शाखाले मानव संसाधन विभाग (एचआरडी) कोरियाले यसअघि तोेकेको समय माघ २१ गतेमा गर्ने तयारी भएको जनाएको छ । सो शाखाका निर्देशक मैयाँ कँडेलले परीक्षा तोकेकै समयमा परीक्षा सञ्चालन गर्ने गरी तयारी भएको जानकारी दिए। एचआरडी कोरियाले इपिएस शाखालाई माघ २१ गते (फेब्रुअरी ४) मा सूचना जारी गर्ने गरी तयारी गर्न भनेको छ ।

उनका अनुसार पहिलो चरणमा ४७ हजारको परीक्षा लिईनेछ । त्यो परीक्षाको नतिजा आएपछि व्रmमशः दोस्रो र तेस्रो चरणको परीक्षा सञ्चालन गरिने उनले बताए । इपिएस शाखाका अनुसार कोरिया एचआरडीले सन् २०२४ का लागि नेपालबाट उत्पादनतर्फका १५ हजार ८४८ जनाका लागि आवेदन माग गरिएकोमा एक लाख ६४ हजार बढीले आवेदन दिएका छन् ।

दोस्रो चरणमा ८० हजार र तेस्रो चरणमा बाँकी ३७ हजार गरी एक लाख ६४ हजारले परीक्षा दिने गरी एचआरडी कोरियाले कार्यतालिका बनाइसकेको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖