• Friday 16th of October 2026

प्रचण्डद्वारा वामपन्थी एकताको प्रस्ताव, ओली भेट्न पठाए दूत


  • धनकुटा खबर
  • .

काठमाडौं, ३ माघ । नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) मिलेर बनेको नेकपा भंग भएपछि विभिन्न समयमा पुनः वामपन्थी एकताबारे चर्चा चल्ने गरेका छन् ।

माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्रीसमेत रहेका पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफ्ना दूतहरुमार्फत नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीसँग वामपन्थी एकताको प्रस्ताव पठाएको बताइएको छ । एमालेका प्रभावशाली नेता महेश बस्नेतले विगतमा भएका गम्भीर गल्तीहरुलाई समीक्षा गर्दै मिलेर जानका लागि प्रचण्डले प्रस्ताव गरेको बताए ।

प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले भने, ‘आफ्ना खास विशेष पात्रहरुलाई हाम्रो अध्यक्ष लगायतका नेताहरुलाई भेट्न पठाएर फेरि वामपन्थी गठबन्धन निर्माण गर्नुपर्छ, हामीले हिजो गम्भीर गल्ती गरेका हौं । हामीसँग गम्भीर कमजोरी छ । त्यसलाई समीक्षा गरौं । मिलेर जाउँ भनेर प्रस्ताव पनि गरिरहनु भएको छ ।’

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖