• Thursday 15th of October 2026
  • ट्रेण्डिङ :

प्रचण्ड सरकारका कारण देश संकटमा पर्यो : शंकर पोख्रेल


  • धनकुटा खबर
  • .

काठमाडौं, ३ माघ । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले वर्तमान गठबन्धन सरकारका कारण देश सङ्कटमा परेको दाबी गरेका छन् । एमाले सिन्धुपाल्चोक जिल्ला कमिटीले आयोजना गरेको तीनदिने प्रशिक्षण कार्यक्रमलाई आज (बुधबार) चौतारामा सम्बोधन गर्दै महासचिव पोखरेलले यस्तो अवस्थामा देशलाई सही बाटोमा ल्याउन नेकपा (एमाले)को नेतृत्व आवश्यक रहेको बताए ।

गठबन्धन सरकारको गलत अर्थनीतिका कारण राज्य आर्थिकरूपमा टाट पल्टिने तर सरकारको निकटका एक जना उद्योगी अर्बपति बन्ने स्थिति आएको उनले बताए । नेकपा (एमाले) आफ्नो विचारमा स्पष्ट रहेकाले देशलाई निकास दिन सक्ने उनको भनाइ छ ।

राजनीतिक परिवर्तन सफल भयो भनेर अहिले आराम गरेर बस्ने बेला नभएको बताउँदै महासचिव पोखरेलले भने–‘राजनीतिक क्रान्ति सफल भयो भनेर अब आराम गरेर बस्ने बेला होइन, अब नेतृत्व हासिल गरी समाज परिवर्तनको दिशामा अघि बढ्नुपर्छ ।’

नेकपा (एमाले)का चुनौती के हुन् र अबको बाटो के हो ? भन्ने विषय पार्टीले सञ्चालन गरेको मिसन ग्रासरुटले क्लियर गरेको उल्लेख गर्दै उनले पार्टीमा अहिले विचार, संगठनात्मक प्रणाली, राजनीतिक मुद्दा कुनै पनि विषयमा मतभेद नरहेको बताए । यति हुँदाहुँदै पनि केही हदसम्म राजनीतिको मूल समस्याका रूपमा दक्षिणपन्थी अवसरवाद र राजनीतिक अराजकता रहेको महासचिव पोखरेलको भनाई छ ।

उनले भने,‘यथास्थितिवादीहरूलाई समाज बदल्नुपर्ने छैन त्यसैले उनीहरूलाई प्रशिक्षणको खाँचो पर्दैन । हामीहरू समाज बदल्नका लागि हिँडेका छौं त्यसैले चेतनाको कुरा गर्नुपर्छ ।’ आफूलाई कम्युनिष्ट भन्नेहरू कांग्रेससँग मिल्न पुगेको अबस्थाले उनीहरूले लिएको बाटो पुँजीवादको हो कि समाजवादको ? भनी महासचिव पोखरेलले प्रश्न गरे ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖