• Thursday 15th of October 2026
  • ट्रेण्डिङ :

राष्ट्रपतिबाट आम माफी पाएका चोर १२ औं पटक पक्राउ


  • धनकुटा खबर
  • .

ललितपुर। विगत १३ वर्षदेखि ललितपुरका विभिन्न स्थानमा चोरी गर्ने व्यक्तिलाई प्रहरी १२ औं पटक पक्राउ गरेको छ।

पछिल्लो पटक ३७ लाख १६ हजार बराबरको धनमाल चोरी भएपछि प्रहरी उनको खोजीमा लागेको थियो। प्रहरीले पेशेवर चोरको खोजी गर्दा दोलखाको शैलुङ गाउँपालिका-४ घर भएका रघुनाथ बस्नेत फेला परे।

४० वर्षीय बस्नेत भक्तपुरको निकोसेराबाट पक्राउ परेका थिए। गत असोज ३ गते राष्ट्रपतिबाट कैदा माफी मिनाह पाएका बस्नेत जेलबाट बाहिर आउने वित्तिकै पुरानै पेशामा फर्केका हुन्।

पछिल्लो पटक प्रहरीलाई झुक्याउन उनले कपडा बदल्ने गरेको ललितपुरका एसएसपी शेखर खनालले बताए। ‘चोर्न जाँदा एउटा कपडा लगाएर घरमा पस्ने र निस्केर एकान्त ठाउँमा पुगेपछि अर्को कपडा परिवर्तन गर्ने गरेका रहेछन् रुट पनि एउटै रुट प्रयोग नगर्ने उनको बानी रहेछ’, एसएसपी खनालले भने।

संविधान दिवसको अवसरमा निस्केका उनी मंसिर र पुसमा करिब ६० लाख बराबरको धनमाल चोरी गर्न भ्याएका थिए। प्रहरीले दिएको विवरण अनुुसार पछिल्लो पटक झम्सिखेलस्थित ठाकुर नाथ ढकालको घरबाट उनले पुस १ मा ३७ लाख १६ हजार बराबरको धनमाल चोरी गरेका थिए। मंसिर १७ मा उनले सानेपास्थित सुप्रिया राईको डेरा फोडेर २४ लाख ७६ हजार बराबरको धनमाल चोरी गरेका थिए।

उनले विदेशीहरु बस्ने घरलाई लक्षित गरेर चोर्न पस्ने उनी कम्तीमा एउटा घरमा ३-४ घण्टा रेकी गर्ने गरेको प्रहरीको दावी छ। उनले ललितपुरमा मात्रै चोरी गर्ने कार्यक्षेत्र बनाएको पनि प्रहरीको दावी छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖