• Thursday 15th of October 2026
  • ट्रेण्डिङ :

प्रचण्ड सरकार बुख्याँचा मात्रै हो, यसको टाउकोमा कागपनि बस्छ : ओली


  • धनकुटा खबर
  • .

काठमाडौं, ४ माघ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारले देशलाई बर्वाद बनाएको भन्दै यसलाई फाल्नको लागि आन्दोलनमा उत्रिनुपर्ने बेला आएको टिप्पणी गरेका छन् । उनले पार्टीले आन्दोलनको लागि सिट्टी फुक्नेबित्तिकै पार्टीका नेता तथा कार्यकर्ताहरुको पँक्ति आन्दोलनमा उत्रिनुपर्ने आवश्यकत्ता औंल्याए ।

सत्ता गठबन्धन देशका लागि हानिकारक रहेको र देशका स्रोतहरु बेचिसकेको ओलीको आरोप छ । पार्टीको नेपाल खेलकुद महासंघको केन्द्रीय कमिटीको दोस्रो पूर्ण बैठकलाई सम्बोधन गदै उनले यस्तो बताएका हुन् ।

उनले अहिलेको प्रचण्ड नेतृत्वको वर्तमान सरकार तरकारी बजारको बुख्याँचाजस्तो मात्रै रहेको भन्दै यसले केही काम गर्न नसक्ने आरोप लगाए । उनले भने-“यो सरकारको टाउकोमा कागपनि बस्छ । सबै बस्छ । किनभने यसलाई चिनिसके । यो निकम्मा सरकार हो ।”

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖