• Thursday 15th of October 2026
  • ट्रेण्डिङ :

अयोध्याको राम मन्दिर प्राण प्रतिष्ठा‌को दिन मधेसमा सार्वजनिक बिदा दिन माग


  • धनकुटा खबर
  • .

जनकपुरधाम । भारतको अयोध्यामा नवनिर्मित राम मन्दिरको प्राणप्रतिष्ठा‌को दिन (जनवरी २२ अर्थात् माघ ८) मा मधेस प्रदेशमा बिदा दिन माग गरिएको छ ।

जानकी मन्दिरका छोटा महन्त रामरोषण दासले मुख्यमन्त्री सरोजकुमार यादवलाई बिदाको मागसहित ज्ञापनपत्र बुझाएका छन् । उनले प्रदेशवासीलाई उक्त दिन दीपावली मनाउन आव्हानसहितको सन्देशका लागि पनि अनुरोध गरे ।

‘श्रीराम मन्दिरको समुद्घाटन तथा श्रीरामलीलाको प्राण प्रतिष्ठाको सुखद खबरले संसारकै हिन्दू धर्मावलम्बीहरूमा गौरव तथा हर्षोल्लास छाएको छ,’ ज्ञापनपत्रमा भनिएको छ, ‘माता सीताको ससुरालीमा हुने हर्ष बढाइँमा सहभागी हुन समग्र मधेश प्रदेश तथा मिथिलामा विभिन्न कार्यक्रमका साथै दीपावली मनाउन गइरहेको छ ।’

ज्ञापनपत्र बुझ्दै मुख्यमन्त्री यादवले सार्वजनिक बिदा दिने र दीपावली मनाउन प्रदेशवासीलाई अपील गर्ने आश्वासन दिएका छन् । जानकी मन्दिरमा माघ ८ गते डेढ लाख दीप प्रज्वलन गर्ने तयारी गरिएको छ । जनकपुरधामका मेयर मनोज साहले पनि नगरवासीलाई दीपावली मनाउन अनुरोध गरेका छन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖