• Thursday 15th of October 2026
  • ट्रेण्डिङ :

त्रिविद्वारा शैक्षिक क्यालेन्डर प्रकाशित, स्नातक तह प्रथम वर्षको परीक्षा २०८१ को भदौमा


  • धनकुटा खबर
  • .

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले शैक्षिक क्यालेन्डर प्रकाशित गरेको छ । परीक्षा सुधार तथा समन्वय परिषद्को ३ माघमा बसेको बैठकले त्रिविमा सञ्चालित वार्षिक तथा सेमेस्टर प्रणाली अन्तर्गत स्नातक तह र सेमेस्टर प्रणाली अन्तर्गत स्नातकोत्तर तहको शैक्षिक क्यालेन्डर २०८० कार्यान्वयन गर्ने निर्णय गरेको थियो । सोही आधारमा परीक्षा नियन्त्रण कार्यालयले शैक्षिक क्यालेन्डर प्रकाशित गरेको छ।

भर्ना र परीक्षाको प्रकृति भिन्न भएका अध्ययन संस्थान अन्तर्गत सञ्चालित वार्षिक तथा सेमेस्टर प्रणालीका शैक्षिक क्यालेन्डर सम्बन्धित डीन कार्यालयको वेबसाइटमा हेर्न सकिने पनिकाले जनाएको छ ।

सार्वजनिक गरिएको शैक्षिक क्यालेन्डर अनुसार स्नातक तहको परीक्षा २०८१ को भदौ दोस्रो हप्ताबाट हुनेछ। सेमेस्टर प्रणालीको भने प्रथम सेमेस्टरको २०८१ को वैशाखबाट हुनेछ। त्यस्तै स्नातकोत्तर तहको प्रथम सेमेस्टरको परीक्षा २०८१ को असारमा हुनेछ।

दिनप्रतिदिन धराशायी बन्दै गएको त्रिवि सुधारको माग राख्दै त्रिवि स्वयवियु केही दिनदेखि आन्दोलन गर्दै आएको छ। जसले गर्दा त्रिविले सुधारका पहल अघि बढाएको हो। यसअघि अनलाइन मार्फत सेवा गर्ने घोषणा गरेको छ। माघ १५ गतेदेखि शैक्षिक प्रमाणपत्र निकाल्ने काम अनलाइन मार्फत हुने पनिकाले जनाएको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖