• Thursday 15th of October 2026
  • ट्रेण्डिङ :

बहुला स्यालको टोकाइबाट बालबालिकासहित १२ जना घाइते


  • धनकुटा खबर
  • .

रौतहट। बहुला स्यालको टोकाईबाट रौतहटको गढीमाई नगरक्षेत्र अन्तर्गत महिला बालबालिकासहित १२ जना मानिस घाइते भएका छन्। घाइतेमध्ये गम्भीर अवस्थामा रहेकी एकजना महिलालाई वीरगंज रेफर गरिएको छ।

गढीमाई नगरपालिका ७ का स्थानीय गोठालाहरू बिहीबार साँझ घाँस काट्न खेतमा गएको बेला उखुघारीबाट एक्कासी आएको बहुला स्यालले आक्रमण गरी महिला बालबालिकासहित १२ जनालाई घाइते बनाएको हो।

बहुला स्यालको टोकाइबाट गढीमाई नगरपालिका वडा ७ को वर्ष ७० का महेन्द्र महतो, ४५ वर्षकी मन्तोरिया देवी, ६० वर्षकी तेतरी खातुन, ४० वर्षकी जयबुल खातुन, १५ वर्षकी मनिषा कुमारी, ५५ वर्षकी उषा देवी, २७ वर्षका रामाविनय बैथा, ३५ वर्षकी दुखीया देवी,३० वर्षकी बिना देवी, ९ वर्षको श्रावण कुमार, ७२वर्षकी सिकीलावा देवी, ७० वर्षका जयल मुखियालाई घाइते बनाएको ईलाका प्रहरी कार्यालय गरुडाका प्रमुख डिएसपी ओमा प्रकाश खनालले बताएका छन्।

स्यालको आक्रमण बाट गढीमाईको धर्मपुर, धनहारी र लक्ष्मीपुर टोल, मुसहरी टोलका महिला पुरुष बालबालिका घाइते बनाएको छ। घाइते मध्ये गम्भीर अवस्थामा रहेकी ६० वर्षकी तेतरी खातुनलाई रातिनै एम्बुलेन्सबाट थप उपचारको लागि नेशनल मेडिकल कलेज बिरगंज पठाइएको थियो। खातुनको नाक मुखमा गहिरो खत बनाएकाले प्रादेशिक अस्पताल गौरमा गएराति सामान्य उपचार पछि नेशनल मेडिकल बिरगंज पठाईएको डिएसपी खनालले जानकारी दिएका छन्।

स्यालले टोकेपछि लगाइने खोप स्थानीय अस्पतालमा उपलब्ध नभएकाले घाइते सबैजना प्रादेशिक अस्पताल गौर पठाइएको थियो।

घाइतेमध्ये अधिकांश हाल प्रादेशिक अस्पताल गौरमा रहेका छन् भने केही बिरामी उपचार पछि घर फर्की सकेका छन्। स्यालले जथाभावी टोक्न थालेपछि स्थानीय त्रसित बनेका छन्। स्यालको टोकाइबाट दुई वर्ष अघि गरुडाका एकजना युवकको मृत्यु भएको थियो।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖