• Thursday 15th of October 2026
  • ट्रेण्डिङ :

बाबुराम र रविले एकै ठाउँमा उभिएर भने – खुलामञ्च खुला रहन देऊ


  • धनकुटा खबर
  • .

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले खुलामञ्चमा फुटबल मैदान बनाउने तयारीको विरोध भएको छ । खुल्लामञ्चलाई खेलमैदान बनाउने महानगरको नीतिविरुद्ध स्थानीय बासिन्दा र संरक्षणकर्मी उभिएका छन्।

शुक्रवार पूर्व प्रधामन्त्री तथा नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराई, पूर्वउपप्रधान तथा गृहमन्त्री समेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, नेताहरू भीमसेनदास प्रधान, सुमन सायमी, हिसिला यमी, नागरिक अगुवा केदारभक्त माथेमा पत्रकार ऋषि धमला लगायत विरोध प्रदर्शनमा उत्रिए । खुलामञ्च खुला रहन देऊ, पुर्खाको नासो, जनताको हक लगायत नारा लेखिएका पम्पलेट बोकेर उनीहरुले विरोध जनाएका हुन् ।

विरोध कार्यक्रमपछि नेसपाका अध्यक्ष भट्टराईले खुलामञ्चलाई अझै व्यवस्थित गरेर आम जनता र सङ्गठनहरूले जनआवाज खुला रूपले मुखरित गर्न सक्ने सार्वजनिक स्थल बनाउनुपर्ने बताए ।

‘खुलामञ्चलाई खुलै रहन दिऊँ। यो पञ्चायत कालदेखि लोकतान्त्रिक आन्दोलन र जनप्रतिरोधको प्रतिबिम्ब स्थल हो,’ सामाजिक सञ्जालमा उनले लेखेका छन्, ‘मलाई जीवनमा पहिलो पटक २०३६ सालमा यसै मञ्चमा हृषीकेश शाह लगायतका मानव अधिकारवादी नेताहरूसँग उभिएर गणतन्त्रको पक्षमा बोलेको अऱ्झै सम्झना हुन्छ ।’

जीवन्त लोकतन्त्रमा संसद् मात्र हैन सडक पनि जनदबाब र जनमत प्रदर्शन गर्ने महत्त्वपूर्ण थलो हुन्छ भन्ने नभुल्न उनको आग्रह छ । ‘हिजोका आन्दोलनकारीहरू आज सत्तासीन हुन पुगेपछि सडकको जनआवाज कुण्ठित गर्दै जान थाल्नु लोकतन्त्रका निम्ति शुभ सङ्केत हैन,’ भट्टराई भन्छन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖