• Thursday 15th of October 2026
  • ट्रेण्डिङ :

अन्तत: यसरी खुल्यो गभर्नरको नक्कली व्हाट्सएप ​चलाउने व्यक्तिको पहिचान


  • धनकुटा खबर
  • .

​​​​​नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको नाम र तस्वीर दुरुपयोग गरी सञ्चालित व्हाट्सएप नम्बर छेदु चमारको नाममा रहेको खुलेको छ ।​​

९८१४४८६४४९ नम्बर छेदु चमारको नाममा रहेको साइबर ब्यूरोका इन्सपेक्टर राजकुमार खड्गीले लोकान्तरलाई जानकारी दिए । ‘उक्त नम्बर छेदु चमारको नाममा रहेका खुलेको छ’, उनले भने, ‘तर उनलाई व्हाट्सएप चलाउन नआउने रहेछ ।’​​

खड्गीका अनुसार उक्त नम्बर अर्कै व्यक्तिले चलाइरहेको देखिएको छ ।

राष्ट्र बैंकले गत आइतवार एक सूचना प्रकाशित गर्दै गभर्नर अधिकारीको फोटो र नाम दुरुपयोग गरेर व्हाट्सएप सञ्चालन गरिएको जानकारी दिएको थियो ।

गभर्नर अधिकारीले बिहीबार मात्रै ब्यूरोमा त्यसविरुद्ध जाहेरी दिएका थिए ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖