• Thursday 15th of October 2026
  • ट्रेण्डिङ :

चार पार्टीका प्रमुुखले मुलुकलाई बन्धक बनाएका छन्ः डा.सिके राउत


  • धनकुटा खबर
  • .

सप्तरी। चार पार्टीका प्रमुखले मुलुकलाई बन्धक बनाएको जनमत पार्टीको राष्ट्रिय अध्यक्ष प्रतिनिधि सभा सदस्य डा सिके राउतले बताएका छन्। नेपाल पत्रकार महासंघ सप्तरीमा शनिबार पत्रकार सम्मेलनको आयोजना गरि राउतले यस्तो बताएका हुन्।

उनले भने,‘नेकपा एमाले,नेपाली कांग्रेस,नेकपा माओवादी तथा एकीकत समाजवादीका मुख्य ब्यक्तिले मुलुकमा जे गर्छ त्यही हुन्छ अन्य कसैले केही गर्न सक्दैन।’

उनले जहिले पनि पेवाको रूपमा मुलुकमा नेतृत्वमा रहँदै आएकाहरूले मधेसमा भ्रष्टाचार हुन्छ र मधेसी नेता भ्रष्ट हुन्छ भन्ने अपवाह फैलाएर मधेसलाई थप पछाडि धकेल्दै आएको आरोप लगाए ।

उनले भने, ‘अरबौं भष्टाचार गर्ने ब्यक्तिले उल्टो मधेसी नेतालाई भ्रष्टको आरोप लगाएर मधेर र मधेसीक‍ो विकासको बाधक नेतृत्व पक्ष नै बनेको छ ।’

आफू उर्जाका साथ संसदमा प्रतिनिधित्व गरेपनि त्यहाँको व्यवस्था हेरेर निरासावादी भएको उनको भनाइ थियो।

‘अहिलेको संसदमा केही बोल्न छुट छैन । विप जारी हुन्छ । बोल्यो भने कार्वाही हुन्छ दुईचार जनाले जे गर्छ त्यहीँ नै हुन्छ ।
डिसिजन मेकरमा हाम्रो कुनै भुमिका नरहेकोले नयाँ परियोजनाको विषयमा सुन्न चाहदैनन्।’,उनले भने,‘५२/५३ प्रतिशत जनता मधेसमा भएपनि हामीले दिनेमा हुनपर्थ्यो तर उल्टो उनीहरूसंग माग्नुपर्ने बाध्यता छ ।मधेसले विकास र अधिकार चाहेको छ।’

अधिकार प्राप्तिको लागि आन्दोलन गर्न जहिले पनि तयार रहनुपर्ने जनाउँदै उनले आन्दोलनको विकल्प नरहेको बताए। अहिलेको अवस्था मधेस,जनजाति,अल्पसंख्यक, तथा पछाडि परेका समूदायका लागि नभएको राउतको भनाई थियो ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖