• Thursday 15th of October 2026
  • ट्रेण्डिङ :

हामीले भन्ने वित्तिकै रुसले मान्दिहाल्ने स्थिति छैन: प्रधानमन्त्री प्रचण्ड


  • धनकुटा खबर
  • .

काठमाडौं,७ माघ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले रुसी सेनामा भर्ती भएका नेपाली युवालाई तत्काल स्वदेश फर्काउन सहज नभएको बताएका छन् ।

युगान्डामा आयोजित असंलग्न राष्ट्रहरूको आन्दोलन (नाम) को उन्नाइसौँ शिखर सम्मेलनमा सहभागी भएर स्वदेश फर्किएका दाहालले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै नेपाल सरकारले चाहदैमा रुसी सरकारले सहजरुपमा नेपाली युवालाई स्वदेश फर्काउन मान्दिने अवस्था नभएको बताएका हुन् ।

उनले रुसी सेनामा भर्ती भएका नेपाली युवालाई फर्काउन सरकारले गम्भीरतापूर्वक पहल गरिरहेको दाबी गरे । ‘रुसी सेनामा भर्ना भएकाहरुलाई फिर्ता गर्न हामीले कूटनीतिक पहल जारी राखेका छौँ। रुस(युक्रेन युद्धमा छन्। अहिले सरकारले भन्ने वित्तिकै रुसले मान्दिहाल्ने स्थिति छैन।’

रुसलाई नेपाल सरकारको तर्फबाट कूटनीतिक नोट पठाएको पनि उनले जानकारी गराएका छन् । उनले युगाण्डामा रुसी उप विदेशमन्त्रीसँगको भेटका क्रममा पनि आफूले नेपालीहरूलाई फिर्ता पठाइदिन आग्रह गरेको बताए। ‘हाम्रो देशको सम्झौता भएको भारत र बेलायत बाहेक अन्य कुनै मुलुकमा पनि नेपाली सेनालाई भर्ना गरिँदैन भन्ने कुरा राखेको छु,’ उनले भने।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖