• Thursday 15th of October 2026
  • ट्रेण्डिङ :

सहकारी ठगीमा नाम जोडिएपछि पत्रकार सम्मेलन गर्दै रवि


  • धनकुटा खबर
  • .

काठमाडौँ : ग्यालेक्सी टेलिभिजन सञ्चालनका क्रममा भएको सहकारी ठगीमा आफ्नो नाम पनि जोडेर निरन्तर समचार आउन थालेपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पत्रकार सम्मेलन गर्ने तयारी गरेका छन्।

‘ग्यालेक्सी छाड्दा लामिछानेको निजी खातामा १ करोड ८० लाख जम्मा’ शीर्षकमा समाचार सार्वजनिक भएपछि पूर्वगृहमन्त्रीसमेत रहेका लामिछानेले पत्रकार सम्मेलन गरेर स्पष्टीकरण दिने तयारी गरेका हुन्। उनले सकेसम्म आजै साँझ पत्रकार सम्मेलन गर्ने बताएका छन्।

‘गाली गर्न कोही छुट्नु भो कि? छुट्नु भएको भए गरिहालौँ है। मलाई केही कुरा लुकाउनु छैन। पहिलेदेखि जे भन्दै आएँ, त्यसैमा अडिग छु’, लामिछानेले सोमबार बिहान सामाजिक सञ्जालमा लेखेका छन्, ‘मिडियामा निरन्तर आइरहेका ‘स्लिप’ मा कोही ‘स्लिप’ हुनै पर्दैन। बाँकी भ्याएसम्म आजै साँझ प्रेस मिटको तयारी गर्दै छु। सारा प्रश्नहरू एकत्रित पार्दै गर्नु होला, कसैको कुनै प्रश्न नछुटोस्। त्यसैबाट सबै स्पष्ट पार्ने नै छु।’

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖