• Thursday 15th of October 2026
  • ट्रेण्डिङ :

पञ्चाविरुद्ध पक्राउ पुर्जी जारीपछि दीपेश पुनको ‘धम्कीपूर्ण’ स्टाटस


  • धनकुटा खबर
  • .

काठमाडौं । अनेरास्ववियू क्रान्तिकारीकी अध्यक्ष पञ्चा सिंहलाई हत्या अभियोगमा पक्राउ पुर्जी जारी भएपछि महासचिव दीपेश पुनले फेसबुकमा कडा प्रतिवाद गरेका छन् ।

जनयुद्धमा जमिनमा गाडेर सहयोद्धाको रगतले लत्पतिएको बन्दुक बोकेर आएको स्मरण गर्दै नाफाको जिन्दगीमा कुनै डर नभएको उनको भनाइ छ ।

उनले लेखेका छन्, ‘ए जिस्काएको ? हाम्रो सुप्रिमोलाई सर्वोच्चमा विभिन्न नाममा मुद्दा हालेर बुढाहरूलाई थकाई सकियो अब नयाँ पुस्तालाई चेक गर्न खोजेको ? अरे हामी मर्न हिडेर सँगसँगै सहयोद्वाहरूलाई हातैले जमिनमा गाडेर सहयोद्धाको रगतले लत्पतिएको बन्दुक बोकेर आएको यार । धेरै खेलेसी नथान है नाफाको जीन्दगी हो । कसैसँग मतलब छैन । आत्मघाती बम बन्न नपरोस् ।’

१५ वर्षअगाडि कालीकोटका राजबहादुर मल्लको हत्या अभियोगमा जिल्ला अदालत सुर्खेतले सिंहसहित ६ जनाविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖