• Thursday 15th of October 2026
  • ट्रेण्डिङ :

गृहमन्त्री श्रेष्ठको नजर सहकारी ठगीतिर


  • धनकुटा खबर
  • .

काठमाडौँ, ८ माघ । उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले सहकारी ठगीलाई नियन्त्रण गर्न कानुन निर्माण गर्ने तयारी भइरहेको बताएका छन् ।

आज (सोमबार) महाराजगन्जस्थित राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा आयोजित अपराध अनुसन्धान समीक्षा गोष्ठीलाई सम्बोधन गर्दै उनले सहकारीका सञ्चालकले मनपरी गरेर बचतकर्तालाई ठगी गरेको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको बताए ।

बचतकर्ता ठगी भएका सहकारीको कारोबारका बारेमा चाँडै अनुसन्धान थालिने पनि उनले बताए । उपप्रधानमन्त्री श्रेष्ठले अपराध कर्म तथा ठगीमा संलग्न सहकारी सञ्चालकलाई कारबाही तथा बचतकर्तालाई न्याय दिने प्रक्रिया अघि बढेको बताए । “सरकारले बचतकर्तालाई न्याय दिनेछ, सहकारीलाई अर्थतन्त्रको मेरुदण्डका रुपमा अघि बढाइनेछ”, उनले भने ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖