• Thursday 15th of October 2026
  • ट्रेण्डिङ :

कार्की नेतृत्वको प्रदेश सरकारको सय दिन पूरा, यी हुन् मूख्य उपलब्धि (पूर्णपाठसहित)


  • धनकुटा खबर
  • .

काठमाडौं,८ माघ । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले आफ्नो एक सय दिनको कार्यप्रगती सार्वजनिक गरेका छन् ।

विराटनगरस्थित मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा सोमबार पत्रकार सम्मेलन गरी उनले उपलब्धि सार्वजनिक गरेका हुन् ।

कार्की गत असोज २७ गते नेकपा एमालेको समर्थनमा कोशीको मुख्यमन्त्री बनेका थिए ।

उनले आफ्नो उपलब्धिहरूमा शैलजा आचार्य हृदयरोग केन्द्र विराटनगरको सञ्चालन, सुनसरीको इटहरी उपमहानगरपालिका वडा नम्बर ११, पकलीमा एक सय शय्याको जलन अस्पताल निर्माणका लागि जनस्वास्थ्य सरोकार ट्रष्टसँग सम्झौता, प्रदेश सरकार मातहतका प्रादेशिक अस्पतालका साथै चार वटा निजी अस्पतालबाट १० वर्ष मुनिका बालबालिकाको निःशुल्क उपचार सुरु, सात वटै प्रदेशका मुख्यमन्त्रीहरुको हेटौंडा भेलाले संविधान कार्यान्वयनका लागि समन्वय र संघर्ष गर्ने निर्णय गरी प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई ध्यानाकर्षण पत्र बुझाएपछि प्रधानमन्त्रीबाट १५ दिनभित्र प्रहरी समायोजन गर्ने घोषणा भएर प्रक्रिया अघि बढाइएको लगायतका उल्लेख गरेका छन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖