• Thursday 15th of October 2026
  • ट्रेण्डिङ :

हत्या आरोपीलाई सफाई दिने न्यायाधिशले जागिरबाट हात धोए


  • धनकुटा खबर
  • .

जिल्ला न्यायाधीश डा. परशुराम भट्टराईले राजीनामा दिएका छन् । न्यायपरिषदबाट उनी लगायत अरू दुई न्यायाधीशमाथि छानबिन गर्न समिति गठन भएको र समितिले काम गरिरहेको बेला उनले राजीनामा दिएका हुन् । उनले प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठलाई राजीनामा पत्र बुझाएका हुन् ।

उनले गत शुक्रवार राजीनामा दिएको पाइएको हो । जिल्ला अदालत धनुषाको न्यायाधीश हुँदा व्यक्ति हत्याको आरोप लागेका एक आरोपितलाई सफाइ दिएपछि उनी विरुद्ध न्यायपरिषदमा उजुरी परेको थियो ।

तत्कालीन कामु प्रधानन्यायाधीश दीपककुमार कार्कीको नेतृत्वमा बसेको न्याय परिषद्को बैठकले विवादित फैसलाका सन्दर्भमा छानबिन गर्न न्यायाधीश भट्टराईलाई सर्वोच्च तान्ने निर्णय गरेको थियो। उनीमाथि निहारिका राजपुतको मुद्दामा पनि कैफियत फैसला सुनाएको भन्दै परिषद्‌मा उजुरी परेको थियो। राजपुतले राष्ट्रपति कार्यालय शितल निवास अगाडि आत्मदाहको प्रयास नै गरेकी थिइन्।

जिल्ला न्यायाधीश भट्टराईसहित विवादमा तानिएका अन्य न्यायाधीशमाथि छानबिन गर्ने केही समय अगाडि समिति गठन भएको थियो। उक्त समितिले प्रतिवेदन तयार गरिरहेको थियो। समितिको प्रतिवेदनपछि आफूलाई पदबाट हटाउने देखिपछि उनले राजीनामा बुझाएको स्रोतको दाबी छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖