• Thursday 15th of October 2026
  • ट्रेण्डिङ :

प्रधानमन्त्री प्रचण्डलाई आज ज्ञापन पत्र बुझाउँदै एमाले


  • धनकुटा खबर
  • .

काठमाडौं, माघ ९। प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले आज प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई ज्ञापन पत्र बुझाउँदै छ।

एमाले उपमहासचिव प्रदीप ज्ञवालीका अनुसार मध्यपहाडी लोकमार्ग केन्द्रित झन्डै दुई हजार किलोमिटर संकल्प यात्राका क्रममा प्राप्त गुनासा, सुझावहरूलाई वर्गीकरण गरेर अहिले बिहान ९ बजे प्रधानमन्त्री प्रचण्डलाई ज्ञापन पत्र बुझाउन लागिएको हो ।

एमालेले मंसिर १४ गतेदेखि पुस १ गतेसम्म पश्चिमको झुलाघाटदेखि पूर्वको चिवाभञ्ज्याङसम्म गरेको समृद्धिका लागि संकल्प यात्राका क्रममा आएका जन गुनासाहरूलाई सम्बोधनका लागि प्रधानमन्त्रीको ध्यानाकर्षण गराउन प्रतिवेदन पेश गर्न लागिएको उनले बताए ।

‘सम्बन्ध स्थानीय, सन्देश राष्ट्रिय’को मर्म एवं भावनाअनुरूप १८ दिन चलेको अभियानका क्रममा जनसभा, जनभेला तथा भेटघाट, कलेज तथा विद्यालयका विद्यार्थीसँग छलफल भएको एमालेले जनाएको छ ।

यात्राका क्रममा स्थानीय किसानसँग अन्तर्क्रिया, कृषि वैज्ञानिकसँग संवाद, विकास कार्यको अवलोकन र नमुना काम गरिरहेका उद्यमीसँग भेटघाट, ऐतिहासिक, धार्मिक र सांस्कृतिक स्थलको अवलोकन, जनताका अनुभूति, गुनासा र सुझावको संकलन गरिएको समेत एमालेले जनाएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖