• Thursday 15th of October 2026
  • ट्रेण्डिङ :

पूर्वप्रेमिकाको फेक प्रोफाइल बनाएर चरित्र हत्या गरेको आरोपमा युवक पक्राउ


  • धनकुटा खबर
  • .

सामाजिक सञ्जालमार्फत महिलाको चरित्र हत्या गरेको आरोपमा एक व्यक्ति पक्राउ परेका छन्। पक्राउ पर्नेमा गोरखाको भिमसेनथापा गाउँपालिका–२ स्थायी वतन भई हाल जिल्ला काठमाडौंको तारकेश्वर–४, बस्ने वर्ष २४ को भिमसेन भट्ट रहेका छन्।

प्रहरीका अनुसार रोजगारीको सिलसिलामा एक युवतीसँग चिनजान भई प्रेम सम्बन्धमा रहेका उनले भेटघाटको क्रममा भएका क्रियाकलापको तस्विर तथा श्रव्य दृश्य सम्पादन गरी फेक प्रोफाइल बनाई फेसबुक तथा वाट्सएप मार्फत सम्प्रेषण गरेका थिए।

युवतीको चरित्रहत्या गर्नुका साथै दुःख, हैरानी दिने गरेकोले पीडितका आफन्तले उनलाई पक्राउ गर्न नेपाल प्रहरीको साइबर ब्यूरोमा निवेदन दिएका थिए।

प्राप्त निवेदन माथिको अनुसन्धान तथा प्राविधिक विश्लेषणबाट खुल्न आएका भट्टलाई पक्राउ गरी विद्युतीय कारोबार ऐन २०६३, अपराध अन्तर्गतको कसूरमा पक्राउ गरी काठमाडौं जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरिएको छ। उनीमाथि थप आवश्यक अनुसन्धान कार्य भइरहेको ब्युरोले जनाएको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖