• Thursday 15th of October 2026
  • ट्रेण्डिङ :

रवि लामिछाने विरुद्ध संसदीय समिति र सभामुखसमक्ष उजुरी


  • धनकुटा खबर
  • .

काठमाडौं । सहकारी ठगी प्रकरणमा मुछिएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्ध संसद्को राज्य व्यवस्था समिति र सभामुखसमक्ष उजुरी पुगेको छ ।

सन्धुलीका युवराज सफलले संघीय संसद्को राज्य व्यवस्था तथा सुशासन समिति र सभामुख देवराज घिमिरेसमक्ष छानबिनको माग गर्दै मंगलबार उजुरी दिएका हुन् ।

सफलले सहकारीबाट सभापति लामिछाने समेत सञ्चालक रहेको ग्यालेक्सी टिभीमा सहकारीको ५२ करोड रुपैयाँ लगानी गरिएको भन्दै छानबिनको मागसहित उजुरी दिएका हुन् । ३५ हजार बचतकर्ताको करिब ५२ करोड घोटाला प्रकरणमा रवि लामिछानेको संलग्नता के कसरी भएको छानबिन गरि कारबाही गर्न माग गरिएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖