• Friday 16th of October 2026
  • ट्रेण्डिङ :

यस्ता छन् मन्त्रिपरिषद्का १९ निर्णयहरु


  • धनकुटा खबर
  • .

काठमाडौं, १० माघ । सरकारले जापान सरकारबाट करिब ३१ अर्ब दुई करोड रुपैयाँ ऋण लिने तयारी थालेको छ । हिजो (मंगलबार) बसेको मन्त्रिषरिषद्को बैठकले अर्थमन्त्रालयको प्रश्तावमा जापान सरकारबाट कोटेश्वर इन्टरसेक्सन प्रोजेक्टका लागि प्रस्तावित ३४ अर्ब ४९ करोड जापानी येन (नेपाली रुपैयाँ ३१ अर्ब दुई करोड रुपैयाँ) बराबरको सहुलितयतपूर्ण ऋण सहायता सम्बन्धी मस्यौदा सम्झौतालाई अन्तिम रुप दिन जापान सरकारसँग वार्ता गर्न टोली गठन गर्ने निर्णय गरेको हो ।

त्यसैगरी, अर्थमन्त्रालयकै प्रश्तावमा गत पुस मसान्तसम्म संकलन भएको राजश्व अनुपातको आधारमा तेस्रो आगामी चैत मसान्तसम्म संकलन हुने राजश्व अनुपातको आधारमा अन्तिम किस्ता वित्तीय समानीकरण अनुदान प्रदेश र स्थानीय तहमा हस्तान्तरण गर्ने निर्णय समेत गरेको छ ।

धितोपत्र बजार सञ्चालन गर्ने संगठित संस्था सम्बन्धी अध्ययन गर्न नेपाल राष्ट्र बैंकका पूर्व डेपुटी गभर्नर चिन्तामणि शिवाकोटीको संयोजकत्वमा तीन सदस्यीय अध्ययन समिति गठन गर्ने निर्णयसमेत भएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖