• Friday 16th of October 2026
  • ट्रेण्डिङ :

पहिचानवादीको साथ लिएर आन्दोलन गर्ने बाबुरामको तयारी


  • धनकुटा खबर
  • .

काठमाडौं, १० माघ । नेपाल समाजवादी पार्टी (नेसपा) का अध्यक्ष डा. बाबुराम भट्टराईले कोशी प्रदेश पुनःनामाङ्कन आन्दोलनका अभियन्ताहरुसँग संवाद गरेका छन् ।

प्रदेश १ लाई कोशी प्रदेश नामाङ्कन गरेपछि जातीय पहिचानसहितको प्रदेश नामाङ्कनको माग गर्दै एक समूहले आन्दोलन गरिरहेको छ ।

कोशी प्रदेश पुनःनामाङ्कन आन्दोलनका अभियन्ताहरुसँगको भेट सार्वजनिक गर्दै भट्टराईले भनेका छन्, ‘वर्तमान नेपाल राज्यको बहुराष्ट्रिय बनोटलाई ध्यान दिँदै विविध राष्ट्रियताहरूको मौलिक पहिचान र स्वायत्तताको अधिकारसहित दरिलो संघीय पुनर्संरचना गर्ने ऐतिहासिक जनयुद्ध र जनआन्दोलनको घोषित लक्ष्य अनुरूप वर्तमान अपूर्ण संघीय प्रणालीलाई पूर्णता दिन सबै राष्ट्रियताका अग्रगामी शक्तिहरूको संयुक्त आन्दोलन निर्माण गर्नुपर्ने कुरामा जोड ।’

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖