• Friday 16th of October 2026
  • ट्रेण्डिङ :

निर्वाचन बिथोल्न पतिको बन्द, पत्नीले गरिन मतदान


  • धनकुटा खबर
  • .

११ माघ, जनकपुरधाम । राष्ट्रिय सभा निर्वाचनलाई लक्षित गरेर प्रभु साह नेतृत्वको आम जनता पार्टीले आज मधेश बन्दको घोषणा गरेको छ ।

तर, साहकी श्रीमती रौतहटको मौलापुर नगरपालिकाकी मेयर रिनाकुमारी साहले नै बन्दको अवज्ञा गर्दै राष्ट्रियसभाको चुनावमा मतदान गरेकी छन् ।

दुई राष्ट्रिय सभा सदस्यको लागि आज भएको मतदानमा हाल पदमा कायम रहेको १३६ पालिकाका सबै प्रमुख र उपप्रमुख गरेर २६७ जनाले मतदान छन् ।

आजपाले आज बिहानै जनकपुरधाममा प्रदर्शन गर्दै यातायात बन्द गराउने प्रयास गरेका थिए । त्यस क्रममा २३ कार्यकर्ता पक्राउ परेका थिए ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖