• Wednesday 14th of October 2026
  • ट्रेण्डिङ :

अयोध्याको राम मन्दिरमा एकै दिन ३ करोड भारुभन्दा धेरै दान


  • धनकुटा खबर
  • .

भारतकाे अयोध्यामा श्रीराम मन्दिर सर्वसाधारणका लागि खुलेको पहिलो दिन नै तीन करोड भारुभन्दा धेरै दान सङ्कलन भएको छ ।

मन्दिर उद्घाटन भएको अर्कोे दिन ठूलो सङ्ख्यामा भक्तजन दर्शनका लागि पुगेका छन् । गएको मङ्गलवार ठूलो तामझामका साथ अयोध्यामा राम मन्दिरको उद्घाटन र प्राणप्रतिष्ठा सम्पन्न भएको थियो ।

बुधवारदेखि मन्दिर सर्वसाधारणका लागि खुला गरेसँगै भीड बढेको छ । पहिलो दिन पाँच लाख जना भक्तजन पुगेका थिए । उनीहरूले अनलाइनमार्फत तीन करोड १७ लाख भारु दान गरेका बीबीसी हिन्दीले जनाएको छ ।

राम जन्मभूमि तीर्थ क्षेत्र ट्रस्टका ट्रस्टी अनिल मिश्रले समारोहपछि खोलिएका १० वटा काउन्टरबाट एकै दिनमा अनलाइनमार्फत तीन करोडभन्दा धेरै चन्दा प्राप्त भएको बताउनुभएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖