• Thursday 15th of October 2026
  • ट्रेण्डिङ :

२० बर्षका पन्तले बर्षदिनमै लोक सेवाका पाँच परीक्षा पास गरे


  • धनकुटा खबर
  • .

कञ्चनपुर । सुदूरपश्चिम प्रदेश कञ्चनपुरका एक युवाले एकै बर्षमा पाँच ठाँउबाट लोक सेवा उतीर्ण गरेका छन । बेलडाँडी गाँउपालिका २ बेलडाँडीका पुष्पराज पन्तले एक बर्षमा लोक सेवाका पाँच परीक्षा उत्तीर्ण गरेका हुन । २० बर्षको उमेरमा एकै बर्षको प्रयासमा पन्तले चार प्रदेशबाट पाँच पटकको लोक सेवा परीक्षा उतीर्ण गरेका छन ।

कठिन लोक सेवाको परीक्षा निकाल्ने नसक्नेदेखि एक पटक मात्रै निकाल्न समेत मुस्किल हुने लोक सेवाको परीक्षा पन्तका लागि नियमित पढाई उतीर्ण गरेजस्तै भएको छ । हाल पन्त कोशी प्रदेश मोरङ्ग जिल्लाको रतुवामाई नगरपालिका पशुपन्क्षी सेवा शाखामा नायब पशु स्वास्थ्य सेवा प्राविधिक पदमा कार्यरत छन ।

कोशी प्रदेश लोक सेवा कार्यालयले पन्तलाई १३ कार्तिक ०८० मा नायब पशु स्वास्थ्य प्राविधिक सहायक पाँचौ पदमा कार्यरत छन । यसविचमा उनले कर्णाली प्रदेश नायब पशु स्वास्थ्य प्राविधिक, लुम्बिनी प्रदेशमा पशु स्वास्थ्य सेवा प्राविधिक पाचौँ, बागमती प्रदेशको पशु स्वास्थ्य प्राविधिक पाचौँ, लुम्बिनी प्रदेश स्वास््थ्य प्राविधिक चौथोमा नाम निकालेका थिए । बागमती प्रदेशको पशु स्वास्थ्य प्राविधिक पाचौँको अन्तरवार्ता हुन बाँकी रहेको छ ।

२० बर्षकै उमेरमा एकै बर्षमा पाँच पटक लोक सेवा उर्तिण गरेका पन्तले कडा मेहनतको फल भएको बताए । सुदूरपश्चिम प्रदेश दार्चुलाको लेकम गाँउपालिका १सर्मोली जन्मिएका पन्तको परिवार कञ्चनपुरको बेलडाँडी गाँउपालिका २मा केही बर्ष अघि बसाईसरी आएका थिए ।

२३ असार ०६०साल दार्चुलामा जन्मिएका पन्तले शिशुदेखि ७कक्षासम्म गाँउकै बडिपुर माध्यामि कविद्यालय सर्मोलीमै अध्ययन गरेका थिए । त्यसपछि ८देखि १०सम्म बेलडाँडीको रौलेश्वर माविमा अध्ययन गरेर ०७४ को एसईई उतीर्ण पछि पुन दार्चुलाकै लटिनाथ नमुना माध्यामिक विद्यालय चन्दनपुर चौपाताबाट साउन ०७९मा पशु विज्ञानमा आईएस्सी उतीर्ण गरेर लोकसेवाको तयारीमा जुटेका थिए । उनले पशु विज्ञानमा प्रविणता तह उतीर्ण गरेपछि उच्च शिक्षा अध्ययन रोकेर लोकसेवाको तयारी गरेका थिए ।

पन्तका अभिभावक समान्य कृषक हुन । अभिभावकको सपना छोरोलाई सरकारी जागिर खुवाउने थियो । जस अनुरुप अभिभावकको चाहना अनुरुप पन्तले कडा परिश्रमका विच अध्ययनदेखि लोक सेवाको तयारी गरेका थिए । ‘मेरो र मेरो अभिभावको चाहना सरकारी जागिर खानुपर्छ भन्ने थियो, त्यही अनुरुप मैले पनि मेहनत गर्दै गए, शुरुशुरुका दिनमा अप्ठेरो भएपनि पछिल्ला दिनमा सहज हुँदै गएको छ, ‘उनले भने, ‘मेहनत र कडा परिश्रम गरे एकदिन सफलता अवश्य पाईन्छ ।’ पन्त लोक सेवा धेरै कठिन हुन्छ, निकाल्न सकिदैन भन्नेहरुमा लागि उदाहरणीय बनेका छन ।

उनले एकै बर्षका पाँच पाँच लोक सेवाका परीक्षा उतीर्ण गरेसंगै घर परिवार, अध्ययन गरेका विद्यालयका शिक्षकदेखि आफन्त सार्थीभाई ईष्टमित्र उत्साहित भएका छन ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖