• Wednesday 14th of October 2026
  • ट्रेण्डिङ :

घरपालुवा सिंहलाई कारमा सहर घुमाउन लैजाने महिला प्रहरीको फन्दामा


  • धनकुटा खबर
  • .

बैंकक । थाइल्यान्डका प्रहरीले एक महिलालाई पक्राउ गरेका छन् । पट्टायाको सडकमा घरपालुवा सिंहलाई कारमा राखेर घुमाइरहेको भिडियो भाइरल बनेपछि प्रहरीले ती महिलालाई समातेको हो । महिलाको साथमा एक जना श्रीलंकाली पुरुष पनि थिए । ती पुरुष थाइल्यान्ड छाडेर गइसकेको बताइएको छ । पक्राउ पर्ने महिला सावाङजित कोसोङनेर्न हुन् ।

थाइल्यान्डमा सिंह घरपालुवा जनावरको रूपमा सिंह राख्नु गैरकानूनी होइन । तर यसलाई आधिकारिक रूपमा दर्ता चाहिँ गराएको हुनु पर्छ । थाई अधिकारीहरूका अनुसार सावाङजितले नाखोम पाथो प्रान्तका एक पुरुषसँग सिंह किनेकी हुन् ।

तर यसो गर्नु अघि उनको कम्पनीले आधिकारीहरूसँग चेकजाँच गराएनन् । यसका कारण सिंहको विक्री र क्रय दुवै गैरकानूनी बनेको बताइएको छ । महिलामाथि अनुमति नलिईकन नियन्त्रित जंगली जनावर राखेको अभियोग लगाइएको छ । यस मामिलामा ती महिलाले एक वर्षको जेल सजाय र १ लाख भाटसम्मको जरिवाना तिर्नु पर्नेछ ।

प्रहरीले श्रीलंकाली पुरुषको पनि खोजी गरिरहेको छ । ती पुरुषमाथि नियन्त्रित जंगली जनावर सार्वजनिक स्थलमा लगेको अभियोग चलाइनेछ । यस मामिला ती पुरुषलाई ६ महिनासम्मको जेल सजाय र ५० हजार थाई भाटसम्मको जरिवाना हुन सक्नेछ ।

अनुमति नलिईकन बेचेको आरोपमा सावाङजितलाई सिंह बेच्ने पुरुषमाथि पनि अभियोग चलाइने छ । अहिले थाइल्यान्डभर अनुमति लिएर घरपालुवा जनावरको रूपमा पालिएको सिंहको सङ्ख्या २२४ रहेको अधिकारीहरूले बताएका छन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖