• Friday 16th of October 2026
  • ट्रेण्डिङ :

कोशीमा सत्ता गठबन्धनका सिटौलाभन्दा राप्रपाका पौडेल अगाडि


  • धनकुटा खबर
  • .

काठमाडौं,११ माघ । कोशी प्रदेशमा नेपाली कांग्रेसका कृष्णप्रसाद सिटौला पनि पछि परेका छन्।

अहिले कोसीमा अन्यतर्फको मत गन्दा गठबन्धनबाट कांग्रेस उम्मेदवार सिटौलाको पक्षमा ४५ मत परेको छ। अहिले स्थानीय तहतर्फको मतगणना भइरहेको छ।

उता एमालेको साथ लिएर उठेका राप्रपा उम्मदेवार उद्धव पौडेलको पक्षमा ४८ जना सांसदले मत दिएका छन्।

यसअघि कोसी प्रदेशमा एमालेकी राष्ट्रिय सभा सदस्य उम्मेदवार कोइरालालाई सत्ता गठबन्धनका तीनजना सांसदले मतदान गरेका थिए।

कोशीमा सत्ता गठबन्धनकी उम्मेदवार माओवादी केन्द्रकी चम्पादेवी कार्की पराजित भएकी छन्। सत्ता गठबन्धनको भोट एमाले-राप्रपाबाट साझा उम्मेदवार रूक्मिणी कोइरालालाई जाँदा उनी निर्वाचित भएकी थिइन्।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖