• Wednesday 14th of October 2026
  • ट्रेण्डिङ :

सडक दुर्घटनामा परी भारतमा नेपाली महिलाको मृत्यु


  • धनकुटा खबर
  • .

धनगढी । कैलालीकी एक महिलाको भारतमा ट्याङ्करको ठक्करबाट मृत्यु भएको छ।

कैलालीको लम्की चुहा नगरपालिका–२ की जानकी बिकको मृत्यु भएको हो। उनी रोजगारको सिलसिलामा भारतको बेंगलोरमा काम गर्दै आएका थिइन्। बुधवार काम गर्न जाने क्रममा बिच सडकमा पानी बोकेको ट्याङ्करले उनलाई ठक्कर दिएको हो।

ट्याङ्करले ठक्कर दिँदा जानकीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। उनको शव पोष्टमार्टम गरेर कैलाली ल्याइएको छ। मृतकका आफन्तहरुले ट्याङ्कर चालकलाई कडा कार्वाही र उचित क्षतीपुर्तीको माग गरेका छन्।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖