• Wednesday 14th of October 2026
  • ट्रेण्डिङ :

डा. शाहमाथि क्लिनिक भित्रै आक्रमण


  • धनकुटा खबर
  • .

काठमाडौँ। डा. चन्द्र वली शाहमाथि क्लिनिक भित्रै आक्रमण भएको छ। नेपाल आयुर्वेद चिकित्सक संघका सदस्य तथा आयुर हेल्थ केयर क्लिनिक सातदोबाटोमा कार्यरत डा चन्द्र वली शाहलाई बुधबार शाँझ ४-५ जनाको अज्ञात समूहले क्लिनिक भित्रै प्रवेश गरेर कुटपिट गरेको हो।

घटनापछि घाइते उनको बी एन्ड बी हस्पिटल ग्वार्कोमा उपचार भइरहेको छ।

यसैबीच आयुर्वेद चिकित्सक संघले डा शाहमाथि आक्रमण गर्नेलाई तत्काल कारबाही गर्न माग गरेको छ। संघले विज्ञप्ति जारी गर्दै दोषीलाई स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी ऐन अनुसार कारबाही गर्न माग गरेको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖