• Wednesday 14th of October 2026
  • ट्रेण्डिङ :

इमेज बचत सहकारीका कोषाध्यक्ष सुनार पक्राउ


  • धनकुटा खबर
  • .

काठमाडौं । बागलुङस्थित इमेज बचत तथा ऋण सहकारी संस्थाका कोषाध्यक्ष २७ वर्षीया लक्ष्मी सेन सुनार पक्राउ परेकी छन् ।

बचतकर्ताको रकम हिनामिना गरेको आरोप लागेर उनीसहितका सहकारीका सञ्चालक फरार थिए ।

खोजी गर्ने क्रममा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को टोलीले सुनारलाई ललितपुर महानगरपालिका–३, धोबिघाटबाट बिहीबार पक्राउ गरेको हो ।

रकम हिनामिना गरेको आरोप लागेर फरार रहेका सहकारीका अध्यक्ष देवकुमार नेपालीलाई पक्राउ गर्न अन्तर्राष्ट्रिय प्रहरी अपराध संगठन (इन्टरपोल)ले रेड नोटिस जारी गरेको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖